बालेनले ५० दिनमै रास्वपालाई दुईतिहाईमा पुर्‍याए, ४ पटक सांसद बनेका गगनले फाल्टु कुरा किन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बालेन्द्र शाह (बालेन) प्रवेश गरेको र गगनकुमार थापाले नेपाली कांग्रेसलाई भृकुटीमण्डप भेलाबाट हाइज्याक गरेको समय उस्तै समयमा हो । बालेनले रास्वपालाई ५० दिनमा दुईतिहाई बहुमतसहित सत्तामा पुर्‍याए । गगनले कांग्रेसले ७९ बाट झारेर १८ सिटमा ल्याएका छन् ।

झापा ५ मा बालेनले ५० हजार मतको अन्तरबाट एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीलाई पराजित गरेका छन् । गगन भने सर्लाही ४ मा १२ हजारभन्दा धेरै मतको अन्तरबाट पराजित भएका छन् ।

बालेनले रास्वपालाई दुईतिहाई बहुमत दिलाउन सक्ने । तर, गगनले कांग्रेसलाई बत्ती बालेर खोज्नुपर्ने बनाए ।

बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनायो । गगनले पनि आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाए । कांग्रेसलाई हराएका गगन आफै पनि पराजित भएका छन् । एक पटक समानुपातिक र ३ पटक प्रत्यक्ष सांसद जितेका गगनले आखिर यो १८ वर्षमा के गरे त ? प्रश्न उठेको छ । १८ वर्षसम्म सांसद, मन्त्री र कांग्रेसको महामन्त्री समेत बनेका गगनले आफूलाई निकै लोकप्रिय छुभन्ने ठानेका थिए । गगनको लोकप्रियता कति रहेछ ? सर्लाहीका जनताले औकात देखाइदिएका छन् ।

नेपाल विद्यार्थी संघका नेता मनीषजंग थापाले ५० दिनमा गर्न चाहने हो भने जे पनि हुन सक्ने बताएका छन् । उनले बालेन्द्र शाह (बालेन) पनि भरखरै रास्वपामा प्रवेश गरेको र रास्वपालाई दुईतिहाई बहुमत दिलाएको बताएका छन् ।

सामाजिक सञ्जालमा थापाले ४/४ पटक सांसद, कांग्रेसको महामन्त्री हुँदै कांग्रेसलाई भृकुटीमण्डपबाट हाइज्याक गर्नेहरूले कांग्रेस पराजित भएको जिम्मेवारीबाट भाग्न नमिल्ने बताएका छन् । गगन थापा र उनको समूहले ५० दिनमा के गर्न सकिन्छ ? भनेर कुतर्कहरू गरिरहेका बेला थापाले बालेनको उदाहरण दिएका छन् ।

‘अब यतिउति दिनको कुरो छोडौं, पहिला कांग्रेसमा नेताहरूले एकले अर्काको सम्मान गर्न सिकौं, पुरानो पार्टी हो सबैको उत्तिकै लगानी र मेहनत छ ।’

Published : Tuesday, 2026 March 10, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया