कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस नेता शाहद्वारा योगी आदित्यनाथसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् कपिलवस्तु ३ बाट नवनिर्वाचित सांसद अभिषेकप्रताप शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् ।

मंगलबार उत्तरप्रदेशको राजधानी गोरखमा मुख्यमन्त्री आदित्यनाथसँग कांग्रेसका नेता शाहले भेट गरेका हुन् । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा शाहले कपिलवस्तु ३ बाट निर्वाचित भएका थिए ।

निर्वाचित भएसँगै नेता शाह मुख्यमन्त्री आदित्यनाथको आशीर्वाद लिन पुगेका छन् । उनले भने, ‘नेपाल र भारतबीच गहिरो सम्बन्ध छ । योगी आदित्यनाथज्यूको आशीर्वाद लिने मौका पाएँ । यो कुराले नेपाल र भारतको सम्बन्धलाई अझै मजबुद बनाउन मद्दत गर्छ ।’

Published : Tuesday, 2026 March 10, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया