विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ ।
दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन थालेपछि विभागले मंगलबार निगमसँग विवरण माग गरेको हो । विभागले ग्यासको माग, आपूर्ति, उद्योग संख्या र अभावको कारणबारे विस्तृत जानकारी निगमसँग मागेको छ ।
विभागका निर्देशक तथा सूचना अधिकारी नरहरि तिवारीले ग्यास अभाव संकट समाधानका लागि मंगलबार विभागमा विभिन्न चरणमा बैठक बसेको बताए । विभागले निगमसँग १ वर्षको माग र आपूर्तिको मासिक विवरण मागेको छ ।
विभागले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सहित बैठक बोलाएको छ । बैठकमा हालको संकट समाधानका लागि ठोस कार्ययोजना सहित उपस्थित हुन आयल निगमलाई भनिएको छ ।
ग्यासको कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्न विभागले अनुगमन कडा बनाएको छ । निगमले बजारमा ग्यास आपूर्तिमा समस्या छैन भने पनि अभाव रहेको अनुगमनबाट देखिएको विभागले जनाएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया