लज्जास्पद हारेका गगनमा आएन सुधार, गर्न थाले मिडिया ट्रायल, नैतिकताको कुरा गर्न नैतिकता चाहिन्छ
काठमाडौं । नेपाली कांग्रेसलाई टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुर्याएका गगनकुमार थापाले जिम्मेवारीबाट पन्छिन मिडिया ट्रायल शुरु गरेका छन् ।
सोमबार थापाले पदबाट राजीनामा दिन लागेको भनेर समाचारहरू लेखाएका छन् । ती समाचारहरूबाट थापाले मिडिया ट्रायल गरेका हुन् । थापाले राजीनामा दिए पनि वा नदिए पनि कांग्रेस ईतिहाँसकै खराब र कठिन अवस्थामा पुगेको छ । यसको दोषीको भागिदार थापा हुन् ।
सामाजिक सञ्जालमा आफ्नो पक्षमा लेख्न लगाइरहेका छन् । ती लेख्ने व्यक्तिहरू थापाका साइबर सेनाका सदस्यहरू हुन् ।
भृकुटीमण्डप भेलाबाट आफूलाई सभापति घोषणा गरेका र निर्वाचनमा आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गराएका थापाले राजीनामा दिनु वा नदिनुको कुनै अर्थ छैन । सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्का सहितको बहुमत कार्यसमितिले भृकुटीमण्डप भेलालाई विशेष महाधिवेशन मानेकै छैन । भृकुटीमण्डप भेला अस्वीकार गरेका कारण कांग्रेसको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ ।
थापाले कांग्रेस पराजयको अपराधबाट बच्नका लागि राजीनामा दिन लागेको भनेर मिडिया ट्रायल गरेपछि धेरैले आश्चर्य व्यक्ति गरेका छन् । राजीनामा दिने व्यक्तिले मिडिया ट्रायल गर्दैन । आफ्नो बचाउमा ससुरालाई फेसबुकमा लेख्न लगाउँदैन । पत्नीलाई फेसबुकमा लेख्न लगाउँदैन । सबैभन्दा ठूलो कुरा नैतिकता हो । नैतिकता छैन भने कायरहरू मिडिया ट्रायल गर्छन् ।
सर्लाही ४ बाट रास्वपाका अमरेशकुमार सिंहसँग फराकिलो मत अन्तरबाट लज्जास्पद हार व्यहोरेका कांग्रेसका उम्मेदवार थापाले सिङ्गापुरमा उपचार गराइरहेका सभापति शेरबहादुर देउवाविरुद्ध फेरि साइबर हमलाहरू गराइरहेका छन् । सधैँ सामाजिक सञ्जाल, मिडिया र साइबर हमलामा रमाउँदै आएका थापामा कुनै सुधार र कांग्रेस पराजित भएकोमा कुनै पश्चाताप छैन ।
सभापति शेरबहादुर देउवाले ८९ सिटसम्म पु¥याएर कांग्रेसलाई पहिलो पार्टी बनाएका थिए । थापाले कांग्रेसलाई प्रत्यक्षतर्फ १८ सिटमा झारेका छन् । समानुपातिकतर्फ पनि १५ सिट आउने सम्भावना छ । तैपनि थापाले आफ्नो बचाउमा मिडिया ट्रायल गरेर कांग्रेसलाई खाल्डोमा हालेको पापबाट बच्न अनेक गतिविधिहरू गरिरहेका छन् ।
थापाको राजीनामा सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का पक्षले मागेकै छैनन् । भृकुटीमण्डपको अबैध भेलालाई देउवासहितका बहुमत कार्यसमितिले अस्वीकार गरेका कारण थापाको राजीनामा माग्ने भन्ने कुरै आउँदैन । थापाको राजीनामा माग्नेहरूमा उनकै समर्थकहरू छन् । देउवा पक्षधर सर्वोच्च अदालतको फैसलालाई पर्खेर बसेको छ । सर्वोच्च अदालतबाट आउने फैसलालाई देउवा स्वीकार गरेर सोही रणनीतिअनुसार अगाडि बढ्नेछ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया