भारतीय प्रधानमन्त्री मोदी र रास्वपाका सभापति लामिछाने तथा वरिष्ठ नेता बालेनबीच सम्वाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग टेलिफोनमा कुराकानी गरेका छन् ।
सोमबार भारतीय प्रधानमन्त्री मोदीले लामिछाने र बालेनसँग सम्वाद गरेर बधाई दिएका हुन् । मोदीले रास्वपाले निर्वाचनमा प्राप्त गरेको सफलताप्रति लामिछाने र बालेनलाई बधाई दिएका हुन् ।
मोदीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग सुमधुर टेलिफोन वार्ता भयो ।’
‘दुवै नेताहरूलाई उहाँहरूको चुनावी विजय र नेपालको चुनावमा रास्वपाको शानदार सफलताको लागि बधाई दिएँ,’ मोदीले भने ।
‘उहाँहरूको आगामी नयाँ सरकारको लागि शुभकामना व्यक्त गरेको छु । हाम्रा दुई देशहरूको पारस्परिक समृद्धि, प्रगति र कल्याणको लागि उहाँहरूसँग काम गर्ने भारत प्रतिबद्धता व्यक्त गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले भने ।
मोदीले भने, ‘मलाई विश्वास छ कि हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइँमा पुग्नेछ ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया