गगनको लज्जास्पद हार हुँदै गर्दा मधेशमा फिरदोशले कांग्रेसको बीउ बचाए

गौर । रौतहट २ मा डा.मोहम्मद फिरदोश आलम निर्वाचित भएपछि नेपाली कांग्रेसले मधेश प्रदेशमा एक सिट मात्रै जितेको छ ।

फिरदोशलाई प्रतिनिधिसभा चुनावको मैदानमा उतारेका कारण कांग्रेसले मधेश प्रदेशमा बीउ जोगाउन सफल भएको छ । फिरदोश कांग्रेसका नेता स्व.मोहम्मद आफताब आलमका छोरा हुन् ।

भृकुटीमण्डप भेलाबाट आफूलाई कांग्रेसका सभापति र भावी प्रधानमन्त्री घोषणा गराएर सर्लाही ४ मा उम्मेदवार बनेका गगन थापासहितका अधिकांश उम्मेदवारहरू फराकिलो मतको अन्तरबाट पराजित भएका छन् । तर, कांग्रेसका युवा नेता फिरदोशले मात्रै मधेश प्रदेशमा जितेर कांग्रेसका बीउ बचाएका छन् ।

३९ वर्षीय फिरदोश रौतहटको राजपुर नगरपालिका राजपुर, फरहदवाका स्थानीय बासिन्दा हुन् । एमबीबीएससम्मको अध्ययन गरेका उनले प्रहरी निरीक्षक प्राविधिकका रूपमा समेत काम गरेका थिए ।

यो क्षेत्रमा उनी दोस्रो पटक निर्वाचन लड्न लागेका हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाटै उठेका उनी दोस्रो बनेका थिए । अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरणकुमार साह विजयी भएका थिए ।

फिरदोशले नेपाल प्रहरीको जागिर छाडेर कांग्रेसको राजनीति शुरु गरेका हुन् । रौतहट २ मा आलम परिवारको राम्रो प्रभाव छ ।

फिरदोशका पिता स्व.मोहम्मद आफताब आलमले २०५४ र २०५६ सालमा चुनाव जितेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समेत उनी निर्वाचित भए । २०७० सालमा भने पराजित भएका थिए । २०७४ मा आफताब पुनः विजयी भएका थिए । आफ्नो हजुरबुबा र बुबाको गहिरो विरासत भएको यो क्षेत्रमा आलमको परीक्षा हुँदैछ ।

गगन थापाका कारण कांग्रेस १८ सिटमा खुम्चिएको छ । विगतमा शेरबहादुर देउवाले कांग्रेसलाई ७९ सिट दिलाएर ठूलो पार्टी बनाएका थिए । गगन थापाका कारण कांग्रेसलाई ईतिहाँसकै सबैभन्दा ठूलो घाउ लागेको छ ।

Published : Monday, 2026 March 9, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया