कांग्रेसलाई खाल्डोमा हालेका गगनले पार्टी कार्यालयमा भृकुटीमण्डप भेलाको कीर्ते कागजपत्रहरू बनाउँदै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको नाममा भृकुटीमण्डपमा गरिएको भेलाको कागजपत्र कीर्तेमार्फत मिलाउन गगनकुमार थापा समूहले गतिविधि गरेको खुलासा भएको छ ।

सोमबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा गगन समूहका केही नेताहरू कीर्ते गतिविधिमा लागेको उच्च स्रोतले जनाएको छ । पार्टी कार्यालयको मूल गेट थुनेर गगन समूहले भृकुटीमण्डप भेलाका क्रममा कागजपत्र मिलाउन बाँकी कार्यहरू कीर्ते गरेर मिलाउन लागेको बुझिएको छ । गगन समूहका केही नेताहरू पार्टी कार्यालयमा जम्मा भएर कीर्ते कागजपत्र बनाइरहेका हुन् ।

गगनले आफूलाई भृकुटीमण्डप भेलाबाट सभापति घोषणा गरेर कांग्रेसको नयाँ कार्यसमिति बनाएका थिए । त्यस क्रममा आफूसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूको समर्थक र प्रस्तावक थिएनन् । गगन समूहले पार्टी कार्यालयमा मूल गेट लगाएर धमाधम प्रस्ताव र समर्थकको कीर्ते कागजपत्र बनाइरहेको छ । कीर्ते हस्ताक्षर गरेर कथित विशेष महाधिवेशन गरेको गगन समूह फेरि अर्को कीर्ते हर्कतमा लागेको छ । कांग्रेसलाई गगन समूहले कीर्ते हर्कत गरेर फेरि समाप्त पार्न लागेको छ ।

कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । रिटको सुनुवाईको समय नजिक आउँदै गरेका बेला गगन समूह कीर्ते गरेर काजपत्र मिलाउन लागेको हो ।

भृकुटीमण्डप भेलाबाट आफूलाई सभापति र भावी प्रधानमन्त्री घोषणा गरेका गगन सर्लाही ४ मा १२ हजार ८ सय ५७ मतको अन्तरबाट पराजित भएका छन् । आफू त नराम्रोसँग पराजित भएका गगनले कांग्रेसर्लाइ टर्चलाइट बालेर खोज्नु पर्ने अवस्थामा पु¥याएका छन् ।

भृकुटीमण्डपको अबैधानिक भेलाबाट आफूलाई सभापति घोषणा गरेका गगनले नैतिकता देखाएर पद त्याग गर्नुपर्ने बेला भृकुटीमण्डप भेलालाई कानूनी बैधता दिन र छुटपुट कागजपत्र कीर्ते गरेर बनाउन सानेपामा गतिविधि गरिरहेका छन् ।

पार्टी कार्यालय सानेपामा गगन समूहले कीर्ते गतिविधि गरिरहेको थाहा पाएपछि खैलाबैला भएको छ । गगनको अहँकार र घमण्डलाई सर्लाही ४ का मतदाताले देखाइदिएका छन् । आफू लोकप्रिय र सर्वप्रिय छुभन्ने गगनको भ्रम पनि तोडिएको छ । सभापति र प्रधानमन्त्री घोषणा गरेका गगनका कारण कांग्रेसलाई ईतिहाँसकै सबैभन्दा ठूलो धक्का लागेको छ ।

Published : Monday, 2026 March 9, 2:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया