पार्टीलाई लज्जास्पद हारमा लगेपछि गगनकै समर्थकहरूद्वारा राजीनामा माग, कांग्रेस हराउने कलंकको आरोप

काठमाडौं । भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसको सभापति घोषणा गरेका गगनकुमार थापालाई आफ्नै नेता तथा कार्यकर्ताहरूले आलोचना गर्दै जिम्मेवारीबाट हट्न सुझाव दिएका छन् ।

सर्लाही ४ बाट लज्जास्पद हार व्यहोरेका थापाले कांग्रेसलाई सानो आकारमा खुम्च्याइदिएपछि उनकै समर्थकहरूले सभापति पदबाट राजीनामा माग गरेका छन् । भृकुटीमण्ड भेलाकै सहभागीहरूले थापाका कारण कांग्रेसले लज्जास्पद हारे व्यहोर्नु परेको सामाजिक सञ्जालमा टिकाटिप्पणी गरेका छन् ।

भृकुटीमण्डप भेलाको विपक्षमा रहेकाहरूले भने थापाको राजीनाका विषयमा केही बोलेका छैनन् । उनीहरूले थापाको विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै कांग्रेसलाई लज्जास्पद हारेमा लैजाने थापाले सबै जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

थापाले विशेष महाधिवेशनको नाममा भृकुटीमण्डप भेला गरेर आफूलाई सभापति घोषणा गरेका थिए । त्यसपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्का कांग्रेसलाई फिर्ता लिन सर्वोच्च अदालत गएका छन् ।

कांग्रेसलाई जिताउने भन्दै थापाले आफूलाई सभापति र भावी प्रधानमन्त्रीको घोेषणा गराए । निर्णय समेत गरेका थिए । तर, थापालाई मतदाताले मन पराउँदैनन् भन्ने स्पष्ट सन्देश सर्लाही ४ मा भारी मतको अन्तरबाट हराएर जवाफ दिएका छन् ।

थापालाई देशभरिका मतदाताले रुचाउँदैनन् भन्ने सन्देश पनि कांग्रेसका उम्मेदवारहरूलाई हराएर जवाफ दिएका छन् । सभापति शेरबहादुर देउवासहितका नेताहरूको अनुहारले कांग्रेसले चुनाव जित्दैन भनेका थापाका कारण कांग्रेस ईतिहाँसकै लज्जास्पद अवस्थामा पुगेको छ ।

वीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाका छोरा/छोरीहरूलाई समेत कांग्रेसभन्दा बाहिर राखेर थापाले कांग्रेसभित्र हिटलर शैली अपनाएर चुनावमा गएपछि कांग्रेसले जित्ने सम्भावना थिएन । शेरबहादुर देउवालाई समेत थापाले बदनाम गरेका थिए ।

Published : Sunday, 2026 March 8, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया