कांग्रेसका ‘नेप्पो’ ज्वाइँ र ससुरा पराजित, समानुपातिकको पहिलो नम्बरमा अर्को ससुरा

काठमाडौं । नाताले ज्वाइँ र ससुरा पर्ने नेपाली कांग्रेसका उम्मेदवारद्वय गगनकुमार थापा र जगदीश्वरनरसिंह केसी पराजित भएका छन् ।

थापा सर्लाही ४ र केसी नुवाकोट २ बाट उम्मेदवार बनेका थिए । केसी नाताले थापाको ससुरा पर्छन् । केसीको दाइको छोरीलाई थापाले विवाह गरेका छन् ।

ज्वाइँ र ससुराको लज्जास्पद पराजयपछि कांग्रेसभित्र खैलाबैला भएको छ । भृकुटीमण्डपको अबैधानिक भेलाबाट आफूलाई कांग्रेसको सभापति घोषणा गरेका थापालाई सर्लाही ४ का मतदाताले दण्ड दिएर हराइदिएका छन् ।

कांग्रेसका केसीलाई पनि नुवाकोट २ का मतदाताले हराएर दण्ड दिएका छन् । केसी परिवारका कारण नुवाकोटमा कांग्रेसको बेहाल अवस्था भएकै कारण कांग्रेस पटक पटक पराजित हुँदै आएको छ ।

नातावादको विरोध गरेका थापाले आफ्नो कान्छो ससुरा जगदीश्वरनरसिंह केसीलाई नुवाकोट २ बाट प्रतिनिधि सभाको टिकट दिए । आफ्नो ससुरा अर्जुननरसिंह केसीलाई समानुपातिकको सूचीमा खसअर्यतर्फ पहिलो नम्बरमा राखेका छन् ।

नेप्पो बेबीको विरोध भइरहेको छ । भदौ २३ र २४ गते नेप्पो बेबीका कारण ठूलो क्षति भयो । तैपनि कांग्रेसमा थापाले नातावादलाई छाड्न सकेका छैनन् ।

Published : Sunday, 2026 March 8, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया