भदौ २४ मा देश जलाउनेहरू को को हुन् ? कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाडौं । जेनजी आन्दोलन घटना जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक नभए अर्को विद्रोह हुनसक्ने कुरा प्रधानमन्त्री सुशीला कार्कीलाई भनेको बताएका छन् ।
आइतबार सिंहदरबारमा प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रतिवेदन सार्वजनिक गरेर सरकारले कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरू सबै हुनुहुन्थ्यो । उहाँहरूलाई मैले भनेको छु, प्रतिवेदन सार्वजनिक गर्नुस्, त्यसपछि कार्यान्वयनमा जानुप¥यो ।’
‘सार्वजनिक गरिएन भने जेनजीका युवाहरूको अर्को आन्दोलन आउनसक्छ,’ उनले भने, ‘नत्र त्यो सामान गर्न तयार हुनुस् कि सार्वजनिक गर्नुस् भनेको छु ।’
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने बताएपनि कहिलेसम्म भन्ने नभनेको अध्यक्ष कार्कीले बताएका छन् । आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरेर सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, प्रहरी कार्यालय लगायत देश जलाउने जलाउनेहरूको नाम सार्वजनिक माग उठेको छ ।
अध्यक्ष कार्कीले गोली हान्न लगाउने, हान्ने र नरोक्ने सबैलाई कारबाही सिफारिस गरेको बताए । उनले भने, ‘हामीले जोजो जिम्मेवार छन् उनीहरूलाई कारबाही गर्नुपर्छ भनेर सिफारिस गरेका छौँ । अब प्रतिवेदन सरकारले सार्वजनिक गर्छ । अहिले सबै कुरा हामीले भन्न मिल्दैन ।’
अध्यक्ष कार्कीले आफूहरूले २३ र २४ गतेको घटनामा दोषीहरूलाई कानूनी कारबाही गर्न सिफारिस गरेको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी ओली र काठमाडौंका सीडीओलाई कारबाही सिफारिस गरेकोबारे भने स्पष्ट खुलाउन चाहेनन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया