‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत रिलिज
काठमाडौं । चैत २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ गीत रिलिज भएको छ ।
गीत रिलिज भएको १३ दिनमा यो गीतले युट्युब र सामाजिक संजालमा हंगामा मच्चाइरहेको छ ।
निर्वाचनको समयमा सिंगो देशको ध्यान नै मतदान र मतपरिणाममा तानिएको समयमा पनि यो गीतले भने आफ्नो रफ्तारलाई कायम राखिरहेको छ । यो गीतलाई सार्वजनिक भएको २ साता नवित्दै युट्युबमा हेर्नेको संख्या २१ लाख पुगेको छ ।
दर्शकले यो गीतमा लाख भन्दा बढी टिकटक बनाइसकेका छन् । जसकाकारण, फिल्मको व्यापारमा यो गीतले निकै फाइदा दिने देखिन्छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो गीतको टिजर केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको छ ।
गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ ।
रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया