कपिलवस्तु ३ मा कांग्रेसका युवा नेता शाहको शानदार जित, लुम्बिनीमा पहिलो खाता खोले

कृष्णनगर । नेपाली कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहले कपिलवस्तु ३ मा विजयी भएका छन् ।

शनिबार निर्वाचन आयोगद्वारा सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार शाह २३ हजार ५३५ मत प्राप्त गर्दै विजय भएका हुन् । शाहको जितसँगै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले पहिलो जित हासिल गरेको छ ।

कांग्रेस उम्मेदवार शाहका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार वीरेन्द्र कनोडियाले १४ हजार ७६३ मत प्राप्त गरेका छन् ।

कांग्रेसका शाहले आफ्ना निकटतम प्रतिद्वन्द्वी रजौरियालाई ४ हजार ६४५ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Published : Saturday, 2026 March 7, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया