अछाममा कांग्रेसका भरतबहादुरको जित, रावल पराजित

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर स्वाँर अछाम जिल्लामा निर्वाचित भएका छन् ।

शनिबार निर्वाचन आयोगले दिएको जानकारी अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् । स्वाँरका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार भीमबहादुर रावलले १० हजार २३३ मत पाएर पराजित भएका छन् ।

अछाममा एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहको पक्षमा १०२ मत खसेको छ ।

Published : Saturday, 2026 March 7, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया