नगरकोटमा गगन र दुई व्यापारीबीच गोप्य भेट, सर्लाही ४ मा रास्वपालाई हराएर जित्ने रणनीति तयार
काठमाडौं । सर्लाही ४ मा पराजित हुने अवस्था पुगेपछि मतगणनास्थल छाडेर हिँडेका नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले नगरकोटमा दुई जना व्यक्ति (व्यापारी)सँग गोप्य रुपमा भेट गरेका छन् ।
शनिबार साँझ सर्लाहीबाट सिधै काठमाडौं आएका थापाले भक्तपुरको नगरकोटमा व्यापारीद्वय सन्दीप जालान र असीम राणालाई भेट गरेर सर्लाही ४ मा जसरी पनि जिताइदिन अनुरोध गरेको कांग्रेस निकट उच्च स्रोतले जनाएको छ । थापा र व्यापारीद्वय जालान र राणासँगको भेटमा विश्वप्रकाश शर्मा पनि उपस्थिति रहेको बुझिएको छ ।
जालान ५८ नं. धितोपत्र दलाल हुन् । राणा कान्तिपुर मिडियाका म्यानेजमेन्ट हेर्ने र भारतमा रक्सीको तस्करी गर्ने व्यापारी हुन् ।
मतगणनाका क्रममा भरतपुर महानगरपालिकामा रेनु दाहाल, सिरहामा पुष्पकमल दाहाल (प्रचण्ड) र सुनसरीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई जस्तै गरी रास्वपाका अमरेशकुमार सिंहलाई हराएर कांग्रेसका थापालाई जिताउने विषयमा गोप्य छलफल भएको स्रोतको दाबी छ ।
सर्लाही ४ को मतगणना जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहसँग कांग्रेसका थापा ठूलो मतान्तरबाट पछाडि छन् ।
सर्लाही ४ मा कुल मतदाता १२१०१२ रहेकोमा ७७९३१ मत खसेको थियो । शनिबार राति ८ बजेसम्म ५१४१६ मत गणना भएको छ ।
रास्वापाका उम्मेदवार सिंहले २२८६६ मतसहित अग्रता बनाएका छन् । कांग्रेसका थापाले १५०५३ मतसहित पछ्याइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया