कांग्रेस समाप्त पार्ने गगनजी नैतिकता छभने राजीनामा दिनुस्, तपाईलाई जनताले रुचाएनन्, दण्ड दिए

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको लज्जास्पद हार भएपछि गगनकुमार थापाको राजीनाको माग उठेको छ ।

भृकुटीमण्डपको अबैधानिक भेलाबाट आफूलाई सभापति घोषणा गरेका गगन सर्लाही ४ बाट पराजित हुने सम्भावना छ । प्रारम्भीक नतिजाहरूका अनुसार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहसँग दोब्बर मतले पछाडि छन् । यो अबस्था निरन्तर दोहोरियो भने थापाको पराजय निश्चित छ । काठमाडौं ४ लाई छाडेर सुरक्षित हुन सर्लाही ४ झरेका गगनलाई सर्लाही ४ का मतदाताले औकात देखाइदिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत थापालाई पदबाट राजीनामा दिन सुझाव दिइएको छ । देशभरि १६५ निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूको लज्जास्पद पराजय भएको छ । कांग्रेसबाट मुस्ताङ र मनाङबाट दुई उम्मेदवार विजयी भएका छन् । करीव १० स्थानमा कांग्रेसका उम्मेदवार अग्रस्थानमा छन् । बाँकी सबै क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूले ५ हजार मत कटाउन सकेका छैनन् ।

यसको जिम्मेवारी अब कसले लिने ? की त्यही शेरबहादुर देउवाले लिने हो ? बललिएको कांग्रेसका सभापति गगन थापाले लिनु पर्छ की पर्दैन ? सामाजिक सञ्जालमा जबरजस्त रुपमा माग उठेको छ ।

आफैले आफैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरे । प्रधानमन्त्रीको उम्मेदवार बनाउने भनेर गगनले पार्टीमा निर्णय गराए । तर, गगनलाई जनताले रुचाएनन् । नराम्रोसँग कांग्रेसका उम्मेदवारलाई हराइदिए । अब यो पनि अरु कसैले जिम्मेवारी लिनुपर्ने हो ? शीर्ष नेताहरूको मानमर्दन गरेका गगनले शेरबहादुर देउवाको अनुहार जनतामा लगेर जाँदा कांग्रेस हार्छ भने । लास र सासलाई बोकेर हिँड्न सकिदैन समेत भने । घृष्णा र प्रतिशोधको राजनीति गर्दै आएका गगनलाई जनताले निर्वाचनमा दण्ड दिएका छन् । उनको अनुहार र नेतृत्व चाहिदैन भन्ने प्रष्ट सन्देश दिएका छन् ।

कांग्रेसका नेता एवम् पूर्वमन्त्री महादेव गुरुङले गगन थापालाई राजीनामा दिएर बस्न सुझाव दिएका छन् । गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नैतिकताको ग्राउण्डमा शेरबहादुर दाईलाई राजीनामा माग्ने गगन भाईले अब नैतिकताकै ग्राउण्डमा राजीनामा दिने की नदिने ?’

नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता मनीषजंग थापाले पनि कांग्रेसमा बसेर धमिराले जस्तै धुजाधुजा बनाउनेहरूलाई कांग्रेसको नेतृत्वमा बस्ने अधिकार नरहेको बताएका छन् । उनले बदलिएको कांग्रेस भनेर कांग्रेसलाई तहस नहस बनाउने गगन थापासहितका नेताहरूको राजीनामा आउनुपर्ने बताएका छन् ।

नेविसंघका नेता थापाल लेखेका छन्, ‘कांग्रेसलाई भित्रैबाट धमिरा झैं ढुटो बनाउने पात्रहरू अलिकता तिमीहरुमा नैतिकता छभने तुरन्त राजीनामा देउ । छँदाखाँदाको दललाई धुजाधुजा बनाएर यो कन्तबिजोग बनायौं । शेरबहादुर देउवा सही थिए भन्ने सावित भो ।’

कांग्रेस कब्जा गरेर निर्वाचन आयोगबाट गगनले आधिकारिकता पाएका थिए । शेरबहादुर देउवासहितका नेताहरू कानूनी बाटोमा थिए । टिकट गगन आफैले वितरण गरेका थिए । शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा.शशांक कोइराला, धनराज गुरुङ, जीवन परियार, सुजाता कोइराला लगायतलाई टिकट नदिएर गगनले कांग्रेसलाई समाप्त पार्दै छन् भन्ने त्यही बेला देखिएको थियो । नभन्दै गगनले कांग्रेसलाई खाल्डोमा लगेर हालेका छन् । कांग्रेसको इँतिहाँसलाई गगनका कारण समाप्त हुने बाटोमा पुगेको छ ।

शेरबहादुर देउवाका कारण ८९ सिट जितेको कांग्रेस देशभरिबाट खुम्चिएर सानो आकारमा पुगेको छ । यसको जिम्मेवारी गगनले लिएर तत्काल राजीनामा दिनुपर्छ । नैतिकता छभने गगनकै शब्दमा भन्ने हो भने ‘किन्त, परन्त, ईफ, बट’ केही नभनेर तत्काल राजीनामा दिनुपर्छ ।

कांग्रेसको सभापति बन्दैन भनेर शेरबहादुर देउवाले भनिसकेका थिए । दुई महिनापछि वैशाखमा कांग्रेसको नियमित १५औं महाधिवेशन थियो । निर्वाचनमा मिलेर गएको भए हुने थियो । दुई महिनापछि गगन सिङ्गो कांग्रेसको सभापति बन्ने पाउने थिए । तर, गगनले कांग्रेसलाई समाप्त पारेका छन् । तहस नहस बनाएका छन् । कांग्रेसका कार्यकर्ताहरूलाई कांग्रेस हुँ भनेर भन्ने पनि लाज लाग्ने अवस्थामा पुर्‍याएका छन् ।

Published : Friday, 2026 March 6, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया