काठमाडौं जाँदै गरेको बस त्रिशूली नदीमा दुर्घटना, १८ यात्रुको मृत्यु
धादिङ । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा १८ यात्रुको मृत्यु भएको छ ।
सोमबार बिहान सवा १ बजेतिर धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट ग २ ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ जना यात्रु घाइते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । १८ घाइते २५ लाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिएका छन् । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको छ । घटना राति भएको हुनाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । घटनाको विस्तृत विवरण पनि आइसकेको छैन ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया