रास्वपाका उदण्ड कार्यकर्ताद्वारा कांग्रेसमाथि हमला, झडप हुँदा प्रहरी हस्तक्षेप

इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा प्रहरीले लाठीचार्ज गरेको छ ।

शनिबार सुनसरी क्षेत्र नम्बर ४, भोक्राहाको चुनावी कार्यक्रममा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका थिए । झडपमा केही व्यक्तिहरू घाइते भएका छन् । रास्वपाका उदण्ड कार्यकर्ताहरू बाँसका भाटा र घरेलु हतियार लिएर सडकमा उत्रिएको भिडियोमा देख्न सकिन्छ ।

घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । कांग्रेसका नेता तथा कार्यकर्तामाथि रास्वपाका उदण्ड कार्यकर्ताले आक्रमण गरेपछि झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवाहरूसँग जम्काभेटपछि विवाद बढेर हात हालाहाल भएको थियो । परिस्थिति असामान्य हुन लागेपछि प्रहरीले दुवै पक्षका कार्यकर्तालाई तितरवितर बनाउन लाठीजार्च गरेको प्रहरीले जनाएको छ ।

नेपाल तरुण दलका कार्यकता र रास्वपाका कार्यकता एकअर्कामाथि जाइलागेपछि निर्वाचन सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गर्नुपरेको सुनसरीका एसपी केशव थेवेले बताएका छन् ।

Published : Saturday, 2026 February 21, 3:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया