चुनाव त खै के ? खै के ? हुन्छ कि के हो ? भित्र साटाकसुटुक बढ्दो छ : एमाले नेता बास्कोटा
काठमाडौं । एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले फागुन २१ गतेको निर्वाचनलाई लिएर विभिन्न खालको आशंका उत्पन्न भएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत नेता बास्कोटाले भित्रभित्रै साटाकसुटुक विभिन्न खेलहरू भइरहेको बताएका छन् । उनले निर्वाचनको प्रचार प्रसार तिब्र रुपमा भइरहेका बेला निर्वाचनबारे छनक अर्कै आएको बताएका छन् ।
नेता बास्कोटाले लेखेका छन्, ‘चुनाव त खै के ? खै के ? हुन्छ कि के हो ? बाहिर प्रचार जोडतोड छ, भित्र साटाकसुटुक बढ्दो छ ।’
‘कसैका घोषणा पत्र त कसैका बहिष्कार पत्रका छनक दिने बक्तब्य । जाली कुरा नगरी भन– डुङ्गा तार्ने आफै हौ वा अरु ? थप पानी नधमिल्याउ,’ एमाले नेता बास्कोटाले भनेका छन् ।
निर्वाचनको मिति आउन १३ दिन बाँकी रहेका बेला एमालेका नेता बास्कोटाले निर्वाचनको विषयमा विभिन्न खालका आशंकाहरू सार्वजनिक गरेपछि गम्भीर प्रश्न उठेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया