कांग्रेसमा देउवा र सुदूरमा लेखकको खोजी

महेन्द्रनगर । जेनजी आन्दोलनमा सिंगो परिवारमाथि सांघातिक आक्रमणको शिकार बनेका पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आन्दोलनको घाउ मेटिन नपाउँदै पार्टीबाट अपमानजनक पीडा खेप्नु परेको छ ।

भृकुटीमण्डप भेला गरेर गगन थापा र विश्वप्रकाश शर्माले पार्टी कब्जा गरेर सभापति देउवामाथि एकहोरो प्रहार भएको छ । कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमो विचारधीन छ ।

वैशाखमा नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका देउवालाई गगन र विश्वले निरन्तर प्रहार गरिरहेका छन् । यतिबेला डडेल्धुरा कांग्रेस मात्र होइन सिंगो सुदूरपश्चिमका साथै मुलुकभरिको कांग्रेस स्तव्ध जस्तै छ ।

सुदूरपश्चिमका अभिभावक देउवामाथि जीवनको उत्तरार्धमा रुपान्तरणका नाममा गरिएको अपमानको प्रभाव सुदूरपश्चिमको कांग्रेससँगै आसन्न निर्वाचनमा पर्नेमा दुधिवा छैन् ।

सात पटक डडेल्धुराबाट निर्वाचन जितेका देउवामाथि षडयन्त्र गरियो । यतिबेला डडेल्धुरा कांग्रेस मन अमिलो गरेर निर्वाचनमा होमिए पनि नतिजा आफ्नो पक्षमा आउनेमा सशंकित छ ।

सभापति देउवाको अनुहार लिएर निर्वाचनमा गए हारको वर्षा हुने भन्दै विरोध गर्ने गगन कांग्रेसका नेताहरूको बोली भने अहिले फेरिएको छ । निर्वाचनमा देउवाको अनुपस्थितिले पार्टी हार व्यहोर्नसक्ने तर्फ सचेत रहँदै मैदान बाहिर पु¥याइएका देउवालाई पुनः सक्रिय बनाउन गगन कांग्रेसहरू खोजीरहेका छन् । गगनले पछिल्लो समय देउवासितको सम्वन्ध विस्तार गरी निर्वाचनमा प्रयोग गर्न खोजीरहेका छन् ।

गगन कांग्रेस अहिले सभापति देउवा लगायत अग्रजहरूको फेस भ्याल्युलाई प्रयोग गर्न चाहेपनि त्यो सम्भावना भने न्यून छ । देउवाको अपमानजनकपछि सुदूरपश्चिम कांग्रेसमा सन्नाटा नै छाएको छ । उम्मेदवारहरूले टिकट पाएपनि पार्टी पंक्तिमा उत्साह भने देखिँदैन ।

देउवापछि सुदूरपश्चिमका आसन्न निर्वाचनमा सर्वाधिक खोजिएका अर्का प्रभावशाली नेता हुन पूर्वगृहमन्त्री रमेश लेखक । पछिल्ला वर्षहरूमा देउवाको अतिविश्वास पात्र भएर पार्टी र सत्ता समीकरणमा महत्वपूर्ण भूमिका निभाउदै आएका लेखक पनि देउवा जस्तै गगन कांग्रेसबाट किनारा लगाइएका छन् ।

निर्वाचन लड्न तयारी गर्दै मनोनयन दर्ताका लागि महेन्द्रनगर आउन लेखकले टिकट समेत लिइसकेका थिए । उनको सचिवालय महेन्द्रनगरस्थित निवासमा बन्दोबस्तीसहित तयारी अवस्थामा थियो । लेखक तयारीमा भइरहदा कांग्रेसले भने पूर्व पार्टी सभापति हरिप्रसाद बोहरालाई निकट दियो । त्यसपछि नेता लेखकको प्लेन टिकट सारियो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नंंं ३ मा कांग्रेस नेता कार्यकर्तासँगै आम नागरिकले अधिक रुचाइएका नेता लेखकलाई देउवा निकट भएकै कारण टिकट दिएनन् । आसन्न निर्वाचनमा उम्मेदवार जिताउन गृहनगर पुगेका लेखक आफ्नो निर्वाचन क्षेत्रका चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका छन् ।

पार्टी नेता कार्यकर्ताहरूले एकजुट भएर उम्मेदवारलाई जिताउन आग्रह गर्दै हिडेका लेखकलाई यतिबेला कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरू आ–आफ्नो क्षेत्रमा आएर चुनावी कार्यक्रममा सहभागी भइदिन निरन्तर फोन गरिरहेको उनीनिकट स्रोतले जनाएको छ ।

‘उहाँ (लेखक) लाई गोपीप्रसाद उपाध्याय, एनपी साउँद, हरिप्रसाद बोहरा तीनै जनाले फोन गरेर निर्वाचन क्षेत्रमा बोलाइरहनुभएको छ,’ लेखक निकट एक नेताले भने ।

लेखक महेन्द्रनगरमा रहँदा गगन कांग्रेसले लेखकले सक्रियता देखाए कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेस जित हासिल गर्नेभन्दै उनीमाथि दबाब बढाउन समय खर्चिए । हारे लेखकका कारण हार्छौ भन्ने गलत भाष्य नै तयार गर्न खोजियो । पार्टी नेता तथा कार्यकर्ताहृसितको भेटमा टिकट नपाएको दुखेसो पोख्न समेत भ्याएका लेखक आफूलाई चौतर्फी घेराबन्दीमा पार्न जोखिरहेको निकटस्थहरूसित बताउने गरेका छन् ।

Published : Thursday, 2026 February 12, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया