मनिलामा पक्राउ परेका पाठकलाई इन्टरपोलमार्फत काठमाडौं ल्याइयो, १० वटा मुद्दा

काठमाडौं । नेपाल प्रहरीले काभ्रेको तेमाल गाउँपालिका वडा नं. १ घर भई हाल फिलिपिन्स बस्दै आएका ३४ वर्षीय प्रकाश पाठकलाई पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

बुधबार बिहान नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा, नक्सालबाट एनसीबी मनिलासँग समन्वय गरी पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पाठकविरुद्ध विभिन्न मितिमा केही सार्वजनिक अपराध, ठगी सम्बन्धी कसूर, आपराधिक लाभ लिन नहुने र आपराधिक षडयन्त्र गर्न नहुने लगायतका कसूरमा ६ वटा मुद्दा दर्ता भएको देखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए ।

पाठकले आफूलाई एक्ट्रिम ग्रुप अफ नेपालको अध्यक्ष बताई सन् २०२५ अक्टोबर २२ मा ले प्रयोग गर्ने ईमेल आईडीबाट विभिन्न व्यक्तिहरूलाई ज्यान मार्नेसम्मको धम्की दिई आपराधिक षडयन्त्र गर्न नहुने, आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने र सङ्गठित अपराध निवारण ऐन, २०७० विरुद्ध समेतको कसूर अपराध गरेको एसपी भट्टराईले बताए ।

पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट दिन तीनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको छ ।

विभिन्न दश विशिष्ट व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका पाठकविरुद्ध यसअघि नै ६ वटा मुद्दा दर्ता भएको पाइएको छ ।

पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वपराष्ट्रमन्त्री डा.आरजु राणा, पूर्वगृहमन्त्री रमेश लेखक, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतका विशिष्ट व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका थिए ।

Published : Wednesday, 2026 February 11, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया