प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूत श्रीवास्तवद्वारा भेट
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूत श्रीवास्तवले भेट गरेका हुन् । निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि राजदूत श्रीवास्तवलाई प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी छिन् ।
कार्कीले राजदूत श्रीवास्तवसँग नेपालको विशेष अवस्थामा हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधनलगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा भारतीय जनतालाई धन्यवाद दिएकी छिन् ।
भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताएका छन् ।
उनले निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्वपूर्ण हुने बताएका छन् ।
फागुन २१ गते हुन लागेको निर्वाचनका लागि भारतले नेपाल सरकारलाई ६ सयभन्दा धेरै सवारी साधन र निर्वाचन सामग्रीहरू उपलब्ध गराएका छन् । भारतले नेपाललाई बेलाबेला ठूलो सहयोग गर्दै आएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया