‘आबाट आमा’का बाल नायक शान, भविष्यमा राम्रो कलाकार बन्ने

काठमाडौं । ठूलो लगानीको चलचित्र ‘आबाट आमा’मा बाल कलाकारको अभिनय गरेसँगै शान अधिकारीले प्रशंसा पाएका छन् ।

हुने बिरुवाको चिल्लो पात भने जस्तै शानको उमेर सानो भए पनि अभिनय र नेतृत्वले उनलाई रोक्न सकेन । सोही कारण ठूला बजेटका चलचित्रहरूमा अभिनय गर्ने मौका पाएका छन् । दर्शकले पनि रुचाएका छन् । शानको अभिनय र नृत्यलाई रुचाइएका कारण माग पनि बढेको छ ।

दाङको घोराही उपमहानगरपालिका, रामपुर घर भएका शानले महानायक राजेश हमालसँग समेत स्क्रिन सेयर गरेका छन् । शानले चलचित्र ‘नरसिंहा’को गीतमा हमालसँगै नृत्य गरेका छन् । ‘आच्छा लिकिन लण्डनको चिसोले समाउला…’ बोलको गीतमा शानले नृत्य गरेका छन् । सानो नायकका रुपमा परिचय बनाएका शानलाई भविष्यमा राम्रो कलाकार बन्ने इच्छा छ ।

मेला र महोत्सवहरू समेत शानले नृत्य गर्छन् । उनको नृत्यलाई महोत्सवहरूमा दर्शकले रुचाएका कारण निम्तो दिएर बोलाउने गरेका छन् । मञ्चमा उभिएर ढुक्कसँग बोल्न सक्ने, लाज र धक नमान्ने, कमाण्ड गरेर बोल्न सक्ने शानले आफू निकटका साथी तथा अभिभावकसँग भविष्यमा राम्रो र कुशल कलाकार बन्ने इच्छा रहेको सुनाउने गरेका छन् ।

अभिनेता पल शाहसँगै ‘मायालाई पानको पात…’ म्युजिक भिडियोमा समेत शानले नृत्य गरेका छन् । सोही म्यजिक भिडियोबाट शानले बालकलाकार र नृत्यमा ‘बी स्टार नेशनल अवार्ड’ पाएका छन् । सानो उमेरमा शानले अध्ययनसँगै कलाक्षेत्रमा आफ्नो रुचि देखाएका छन् ।

पछिल्लो चलचित्र ‘आबाट आमा’को अभिनयसँगै शानलाई दर्शकले ‘बाल नायक’का रुपमा निकै रुचाइएका छन् । शानले ‘अबाट आमा’मा गरेको अभिनयलाई दर्शकले रुचाइदिएपछि निर्माण पक्ष पनि खुसी छन् ।

चन्द्र पन्तद्वारा निर्देशित ‘आबाट आमा’को नायक पल शाह हुन् । बलिउड अभिनेता प्रदीप रावत र अभिनेत्री विपना थापा आमाबुबाको भूमिकामा छन् । चलचित्रमा प्रकाश कुवँर, ध्रुव न्यौपाने, क्षितिज ढुंगानाको लगानी रहेको छ ।

Published : Monday, 2026 February 9, 4:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया