फेक रेस्क्यु ठगीमा संलग्न श्रीधि इन्टरनेसनल हस्पिटल लाजिम्पाटका डा.गीर्वाणराज तिमिल्सना पक्राउ

काठामडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले हिमाली पर्यटन, ट्रेकिङ तथा पर्वातारोहण क्षेत्रमा फेक रेस्क्यु गरी विदेशी पर्यटक ठग्ने कार्यमा संलग्न थप एक जनालाई पक्राउ गरेको छ ।

रेस्क्यु सेवामा रहेको तर, फेक डकुमेन्ट बनाई ठगी गरेको आरोपमा सीआईबीले श्रीधि इन्टरनेसनल हस्पिटल, लाजिम्पाटका डा.गीर्वाणराज तिमिल्सनालाई पक्राउ गरेको आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसअघि प्रहरीले माउन्टेन रेस्क्यु सर्भिस प्रालि, एभरेस्ट एक्सपेरियन्स एन्ड एसिस्टेन्स प्रालि र नेपाल चार्टर सर्भिस प्रालिले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेका अभिलेखको विवरणलाई थपघट गरी प्यासेन्जर र कार्गो म्यानिफेस्टको व्यहोरा फरक र कीर्ते गरी सोहीअनुसारको बिल तयार गर्ने, उद्धार गरिएको भनी फेक रेस्क्यु बिल बनाएर ठग्ने कार्य गरेको भन्दै दोषीहरूलाई पक्राउ गरेको थियो ।

ठगीमा संलग्नहरूले अन्तर्राष्ट्रिय बजारमा समेत नेपालको बदनाम गरेको भन्दै प्रहरीले कडाइका साथ कारबाही थालेको जानकारी दिएको छ ।

000

 प्रेस विज्ञप्ती: ४४ 

      पर्वतारोहण/ ट्रेकिङ्ग क्षेत्रमा भएको Fake Rescue मा संलग्न थप एक जना पक्राउ”

नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरुको उद्धार गरेको देखाई बीमा रकम दावी गरी गैह्र कानूनी रुपमा आर्थिक लाभ प्राप्त गरेकोमा “पवर्तारोहण र ट्रेकिङको क्रममा हुनसक्ने दुर्घटना, स्वास्थ्यमा समस्या र प्राकृतिक विपद आईपर्दा पर्यटकहरुलाई (RESCUE) गर्नुपर्ने बाध्यात्मक परिस्थिति वा अवस्थामा प्रयोग हुने रेस्क्यू फ्लाइट सञ्चालन गर्ने कम्पनीहरु Mountain Rescue Service Pvt. Ltd., Everest Experience and Assistance Pvt. Ltd. र Nepal Charter Service Pvt. Ltd. ले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा बिमानस्थलमा रहेका अभिलेखको विवरणलाई थपघट गरी गराई Passenger and Cargo Manifest को व्यहोरा फरक र किर्ते गरी सोही अनुसारको बिल (Invoice) तयार गर्ने, उद्धार गरिएको भनिएका विदेशी पर्यटकहरुलाई अनिवार्य रुपमा Insurance Policy मा उल्लेख भएको शर्त बमोजिम काठमाडौं स्थित बिभिन्न अस्पतालमा उपचार गरेको देखाई उपचारका बिल (Invoice) समेतका कागजातहरु (Admission & Discharge Report, Medical Reports) तयार गरी/गराई उद्धार गरिएको व्यक्तिको बिमा रकम दाबी गरी रेस्क्यू कम्पनी तथा अस्पतालले आर्थिक लाभ लिएकोमा …make Nepal a no go destination for Tourists” भन्दै नेपाललाई पर्यटकको गन्तव्य सूचीबाट हटाउन सूचना प्रवाह गरेको, A scam on the roof of the worldStop providing cover to tourists travelling to Nepal/Silly announcement about Everest जस्ता शिर्षकमा बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमबाट समाचार सम्प्रेषण गरेको समेत देखिदाँ अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र गरिमामा आँच आउने कार्य गरे गराएकोले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतका कसूरहरुमा संलग्न निम्न हस्पिटलको सञ्चालकलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमती लिई मिति २०८२/१०/२५ गते पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

निम्नः

नाम: डा. गिर्वाणराज तिमिल्सिना

संस्थाः Shreedhi International Hospital Pvt.Ltd. लाजिम्पाट

स्थायी वतनः जिल्ला पर्वत मोदी गाउँपालिका वडा नं. ०२

उमेर: ४४ वर्ष

मिति: २०८२।१०।२५ गते ।

Published : Monday, 2026 February 9, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया