काग्रेसले फागुन पहिलो हप्ता जनकपुरमा सभा गर्ने

काठमाडौं । नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते जनकपुरधाममा हुने भएको छ ।

शनिबार बसेको कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी फागुन ६ गते मधेश सभा जनकपुरधाममा आयोजना गर्ने निर्णय गरेको हो ।

पार्टीको प्रदेश कार्यालय थापा चोक जनकपुरधाममा बसेको बैठकले जनकपुरधामस्थित तृतीय गाछीमा मधेश सभा आयोजना गर्ने निर्णय गरेको कांग्रेस मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिएका छन् ।

बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

मधेश सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट सहभागीहरू बोलाउने निर्णय गरिएको छ ।

यसअघि, जनकपुरको सभालाईग कांग्रेसले रोकेको थियो । निर्वाचनको मिति नजिकिएका बेला कांग्रेसले सभा गर्न लागेको छ ।

Published : Saturday, 2026 February 7, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया