मुन्नाको कुटाइबाट वीरगञ्जमा बृद्धको मृत्यु
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङको विषयमा झगडा भएर कुटपिट हुँदा एकजना बृद्धको मृत्यु भएको छ ।
झगडाका क्रममा ६५ वर्षीय केपीचन्द राउत बरईको मृत्यु भएको हो । पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पार्किङको विषयमा कुटपिट हुँदा गम्भीर घाइते भएका बरईको उपचारको क्रममा वीरगञ्जको तराई अस्पतालमा निधन भएको जानकारी दिए ।
बरईलाई कुटपिटमा संलग्न रहेको भन्दै पर्सा प्रहरीले वीरगञ्ज महानगर–२३ प्रसौनी बस्ने ३२ वर्षका मुन्ना भन्ने अर्जुन यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।
Published : Friday, 2026 February 6, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया