भदौ २४ गते सिंहदरबार जलाउने महेन्द्र गौतमलाई पक्राउ

काठमाडौं । सिंहदरबारमा आगजनी गरेको अभियोगमा जिल्ला प्रहरी परिसर, काठमाडौंले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतम रहेका छन् ।

गौतमले भदौ २४ गते प्रदर्शनको क्रममा सिंहदरबार आगजनी गरेको बताउने र अन्य व्यक्तिलाई समेत आगजनी गर्न उक्साउने, भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने अपराधमा संलग्न भएको प्रहरीले जनाएको छ ।

गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा दिन ५ (पाँच) को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताएका छन् ।

Published : Thursday, 2026 February 5, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया