कांग्रेसद्वारा पौडेलको राजीनामा स्वीकृत, दुलाललाई कार्यबाहक जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ ८ गते दिएको राजीनामा स्वीकृत भएको छ ।
पौडेल वि.सं. २०७३ वैशाख २७ गतेदेखि नेपाली कांग्रेसको मुख्य सचिव पदमा रहेका थिए । पार्टीको विधान, नियमावली तथा नीतिअनुसार जिम्मेवारी निर्वाह गरेका पौडेलप्रति कांग्रेस पार्टीले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
पौडेलको उज्ज्वल भविष्यको कामना साथ आगामी दिनहरुमा उनको निरन्तर सहयोग रहिरहने विश्वास कांग्रेसले लिएको छ ।
यसैबीच, नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (१०), नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको कार्यबाहक मुख्य सचिवको जिम्मेवारी कांग्रेसले तोकेको बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया