ओली–बालेन–रवि–प्रचण्ड–देवराजलाई टक्कर दिन उत्रिएका कांग्रेसका हिम्मती महिला नेतृहरू
काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वसभामुख देवराज घिमिरे, रास्वपाका सभापति रवि लामिछाने र पूर्वमेयर बालेन्द्र साह (बालेन)सँग प्रतिस्पर्धा गर्न महिला नेतृहरूलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसले महिला नेतृहरू पनि काबिल र सक्षम छन् भन्ने सन्देश दिन ठूला र चर्चित नेताहरूसँग महिला नेतृहरूलाई प्रतिस्पर्धामा तारेको छ । झापा ५, झापा २, चितवन २ र रुकुम पूर्वमा महिला उम्मेदवारहरूले भेट्रानहरूलाई कडा टक्कर दिने पक्षमा छन् ।
झापा २ मा एमालेका नेता एवम् पूर्वसभामुख देवराज घिमिरेसँग कांग्रेसले नेपाली कांग्रेसले नेतृ सरिता प्रसाईंलाई टिकट दिएर प्रतिस्पर्धामा उतारेको छ । घिमिरे र प्रसाईंबीच कडा टक्कर हुनेछ । प्रसाईं लोकप्रिय मानिन्छिन् ।
झापा–५ मा दुई ठूला चर्चित भेट्रानहरू प्रतिस्पर्धामा छन् । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र रास्वपाका वरिष्ठ नेता बालेनले झापा ५ मा उम्मेदवारी दिएका छन् । ओली र बालेनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले मन्धरा चिमरियालाई मैदानमा उतारेको छ ।
काठमाडौं ९ मा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल उमेदवार बनेका छन् । अर्यालसँग कांग्रेसले नानु बाँस्तोलालाई प्रतिस्पर्धामा उतारेको छ ।
चितवन २ मा रास्वपा सभापति रवि लामिछानेले उम्मेदवारी दिएका छन् । लामिछानेसँग कांग्रेसकी मीनाकुमारी खरेललाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) उमेदवार बनेका छन् । दाहालसँग कांग्रेसले कुसुमदेवी थापा मगरलाई चुनावी प्रतिस्पर्धामा पठाएको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया