मिथिलामा ठूलो संख्यामा एमाले, रास्वपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश

मिथिला । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र सहमहामन्त्री महेन्द्र यादवले एमालेसहितका विभिन्न राजनीतिक दल परित्याग गरेका एक सयभन्दा धेरै नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

सोमबार धनुषाको मिथिला नगरपालिकामा आयोजित कार्यक्रममा नेताद्वय निधि र यादवले नवप्रवेशीहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् । एमाले परित्याग गरी महेश बस्नेतसहितका १ सय ५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा जसपा, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू रहेका छन् । नवप्रवेशीहरूलाई कांग्रेस नेताद्वय निधि र यादवले हार्दिक बधाई सहित शुभकामना दिएका छन् ।

यसैबीच, नेपाली कांग्रेस मिथिला नगरपालिका नगर कार्यसमितिद्वारा आयोजित नेपाली कांग्रेस मिथिला नगरपालिका नगर कार्य समितिको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस, धनुषा जिल्ला सभापति योगेन्द्र पजियार, नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम् मधेस प्रदेश सभा सदस्य कुमारकान्त झा, मधेस प्रदेश सरकारका पूर्व खानेपानीमन्त्री तथा नेपाली कांग्रेसका नेता शेषनारायण यादव, नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ४ (१) का प्रदेश सभापति योगनारायण यादव, धनुषा क्षेत्र नं. ४ (२)का प्रदेश सभापति श्रीराम यादव लगायत स्थानीय नेता–कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो ।

Published : Monday, 2026 January 26, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया