समितिबाट चलचित्र विधेयक परिमार्जनसहित पारित
काठमाडौै । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।
सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले चलचित्र विधेयकलाई परिमार्जनसहित पारित गरिएको हो ।
समसामयिक हुने गरी चलचित्र विधेयकलाई पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिएकी छिन् । विधेयकमा सेन्सर बोर्डका ठाउँमा प्रमाणीकरण समिति राखिएको छ । समितिको अध्यक्षमा विज्ञहरूलाई नियुक्त गर्ने प्रावधान राखिएको छ ।
चलचित्र विधेयकको मस्यौदा प्रतिवेदनलाई समितिले मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा पेश गर्ने कार्यसूची तय गरिएको छ ।
Published : Monday, 2026 January 26, 7:42 pm
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया