नेकपाका नेता बस्नेतलाई आयोगद्वारा स्पष्टीकरण माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् जाजरकोटबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका शक्तिबहादुर बस्नेतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
नेता बस्नेतले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको हो । बस्नेतविरुद्ध उजुरी प्राप्त भएपछि छानबिनका क्रममा बाजागाजा बजाउँदै आचारसंहिता विपरीत गतिविधि गरेको देखिएको आयोगले जनाएको छ ।
‘बाजागाजा बजाइरहेको देखिने समूहका सदस्यहरूलाई पाँच सय रुपियाँका नोटहरू प्रदान गर्दै गरेको देखिएकाले’ स्पष्टीकरण बुझाउन आयोगले भनेको छ ।
आयोगले जारी गरेको पत्रमा निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको देखिएकाले किन निर्वाचन कानूनबमोजिम कारबाही नगर्ने भन्ने सम्बन्धमा स्पष्टीकरण पेस गर्न आग्रह गरेको छ ।
आयोगले उक्त पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट अथवा निर्वाचन आयोग, नेपालमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया