सभापति देउवाको सुझबुझ र रणनीतिका कारण कांग्रेस राष्ट्रिय सभामा ठूलो दल बन्यो
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा १८ जना निर्वाचित भएका छन् । निर्वाचित भएका सबै सदस्यहरू नयाँ अनुहारका आएका छन् ।
आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आइतबार निर्वाचन भएको हो । निर्वाचनमा नेपाली कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट शुरु हुनेछ ।
कोशी प्रदेशबाट सुनिलबहादुर थापा (निर्विरोध निर्वाचित, कांग्रेस), रोशनी मेचे (एमाले), सोमनाथ पोर्तेल (एमाले), मधेश प्रदेशबाट धमेन्द्र पासवान (नेपाली कांग्रेस), रञ्जित कर्ण (कांग्रेस), महन्थ ठाकुर (लोसपा), रेखाकुमारी झा (एमाले), बागमती प्रदेशबाट गीता देवकोटा (कांग्रेस), प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशबाट सम्झना देवकोटा (एमाले), जगत तिमिल्सिना (कांग्रेस), लुम्बिनी प्रदेशबाट बासुदेव जंगली (कांग्रेस), चन्द्रबहादुर केसी (कांग्रेस), रामकुमारी झाक्री (एमाले), कर्णाली प्रदेशबाट ललितजंग शाही (कांग्रेस), मीनासिंह रखाल (एमाले) र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी (एमाले), खम्मबहादुर खाती (कांग्रेस) निर्वाचित भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्काको रणनीति र सुझबुझका कारण राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो राजनीतिक शक्ति बनेको छ । एमालेसँग कांग्रेसले गठबन्धन गरेका कारण राष्ट्रिय सभामा कांग्रेस पहिलो दल बन्न सफल भएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेपपा) आठ सिट गुमाउँदै दोस्रो राजनीतिक शक्तिमा झरेको छ । तेस्रो शक्तिमा एमाले नै रहेको छ ।
राष्ट्रिय सभामा दुई वर्षका बीचमा एकतिहाई सदस्यको निर्वाचन हुनेगर्छ । रिक्त १९ पदमध्ये एक मनोनीत र एक निर्विरोध भएको १ बाहेक आइतबार १७ स्थानका लागि निर्वाचन भएको थियो । निर्वाचनमा कांग्रेस र एमाले गठबन्धनले एकलौटी जित निकालेका छन् ।
दुई दलको गठबन्धनमा कांग्रेसले ९, एमालेले ८ र जसपालाई १ सिट दिइएको थियो । दुई दलीय गठबन्धनले १७ वटै सिटमा जिते निकालेपछि कांग्रेस २५ सिटसहित राष्ट्रिय सभामा ठुलो शक्ति बनेको छ । यसपटकको निर्वाचनमा कांग्रेसको कुनै पनि सांसदको पद रिक्त भएको थिएन । हाल कायम रहेको १६ मा ९ सांसद थपिएका छन् ।



बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया