कांग्रेस सतिसाल हो, डग्दैन, हल्लिदैन, नुग्ने त कुरै भएन : कुन्दन काफ्ले

काठमाडौं । नेपाली कांग्रेस विभाजित मनस्थितिमा रहेका बेला केन्द्रीय सदस्य कन्दनराज काफ्लेले रुख चिन्ह र चार तारे झण्डा लिएर निर्वाचनमा आउने उम्मेदवारलाई विजयी बनाउन अनुरोध गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत काफ्लेले भने, `कहिँकतै छिप्दैन, लुक्दैन– कांग्रेस सबैभन्दा अनुभवी र उदार दल हो। आन्तरिक जीवनमा यसले धेरै आँधीबेहरी बेहोरेको छ।´

`तर यो सतिसाल हो। डग्दैन। हल्लदैन। नुग्ने त कुरै भएन। त्यसैले देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा रुख चिन्ह र चार तारा ध्वजवहाक लिएर आएका हाम्रा उम्मेदवारहरुलाई सघाउनुहोला,´ उनले भने ।

`मत दिनुहोला। कांग्रेस जनताका आकांक्षा, सपना र सुखदुखको यात्रामा सहभागी हुन हिजो पनि तयार थियो, आज पनि तयार छ र भोलि पनि तयार रहनेछ,´ नेता काफ्लेले भने ।

Published : Thursday, 2026 January 22, 9:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया