कांग्रेसका सयौं नेता, कार्यकर्ताका साथ सह–महामन्त्री चौधरीद्वारा दाङ १ मा उम्मेदवारी दर्ता
लमही । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् युवा नेता योगेन्द्र चौधरीले दाङ निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार कांग्रेसका नेता तथा कार्यकर्ताहरूसहित लमहीस्थित निर्वाचन कार्यालमा पुगेर नेता चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । दाङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट झण्डै वीस वर्षपछि चौधरीलाई उम्मेदवारको रुपमा पाएको छ । खुमबहादुर खड्कापछि नेता चौधरी प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।
कांग्रेसका कार्यकर्ता र नेताहरू विशेष योगदानबाटै आफूले टिकट पाएको चौधरीले बताएका छन् । उनले दाङ क्षेत्र नं. १ का मतदाताहरूले मतदान गरेर विजयी बनाउनेमा विश्वास लिएको प्रक्रिया दिएका छन् ।
मनोनयन दर्तापछि आयोजित कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले कांग्रेस दाङ–१ का आधिकारिक उम्मेदवार योगेन्द्र चौधरीलाई अत्यधिक मतले विजयी गराउन महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् ।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । निर्वाचनलाई लक्षित गर्दै उत्साहपूर्ण वातावरणका बीच मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको सभापति पाण्डेले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया