कांग्रेसका युवा नेता शर्माद्वारा कपिलवस्तु– १ मा स्वतन्त्र उम्मेदवारी दर्ता

तौलिहवा । नेपाली कांग्रेसका युवा नेता आशिष शर्माले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार शर्माले कपिलवस्तु क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले पार्टीभित्रको चरम गुटबन्दी, तानाशाह, व्यक्तिवादी चरित्रका कारण आफूले बाध्य भएर स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए ।

कांग्रेसको टिकटका लागि दाबेदार बनेका शर्मालाई टिकट नदिएपछि उनले पार्टी परित्याग गरेनन् । बरु कांग्रेसमै रहेर स्वतन्त्र उम्मेदवारी दर्ता गराए । युवाहरूका बीच शर्मा लोकप्रिय छन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति बन्दा समेत युवा नेता शर्मालाई टिकट दिइएन ।

Published : Tuesday, 2026 January 20, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया