पत्नी राष्ट्रिय सभाकी सांसद, पतिलाई कांग्रेसबाट प्रतिनिधि सभाको टिकट
काठमाडौं । गगन थापा नेतृत्वको कांग्रेसले काभ्रे २ मा राष्ट्रिय सभा सांसद कमला पन्तका पति मधु आचार्यलाई प्रतिनिधि सभाको टिकट दिएको छ ।
परिवारवादको विरोध र विकास, सुशासन र जनताको हकहितका लागि भन्दै पार्टीभित्र आवाज उठाउँदै आएका थापाले पत्नी राष्ट्रिय सभाको सांसद हुँदाहुँदै पतिलाई प्रतिनिधि सभाको टिकट दिएर सुशासनको खिल्ली उडाएका छन् ।
सामाजिक सञ्जालमार्फत आचार्यले भनेका छन्, ‘आज म प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट आफ्नो उम्मेदवारी दर्ता गर्दैछु । यो कदम मेरो व्यक्तिगत इच्छा मात्र नभई, काभ्रेली जनताको समृद्धिको साझा संकल्प हो ।’
कमला पन्त गिरिजाप्रसाद कोइराला सभापति भएका बेलादेखि मन्त्री, सांसद लगायतमा निरन्तर अवसर पाउँदै आएकी नेतृ हुन् । उका पति मधु आचार्य पनि पटक पटक अवसर पाएका व्यक्ति हुन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया