झापामा केपी ओलीको धाका ईन्ट्री

दमक । एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनका लागि शान्ति सुरक्षा अझै कायम हुन नसकेको बताएका छन् ।

सोमबार झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले सरकारले निर्वाचनका लागि शान्ति सुरक्षाको प्रबन्ध गर्न अझै नसकेको बताए । उनले विभिन्न प्रकारका अपराधिक घटनाहरू अझै समाजमा भइरहेकाले सुरक्षा प्रवन्ध कमजोर रहेको बताए ।

एमालेका अध्यक्ष ओलीले निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका छ ।

उनले एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने बताए । ‘सुरक्षा प्रबन्ध राम्रो हुन अझै सकेको छैन । विभिन्न अपराधका घटना अझै भइरहेका छन्,’ ओलीले भने, ‘निर्वाचन आयोगमाथि समेत प्रश्न चिह्न उठ्ने अवस्था भइरहेको छ । यस्तो अवस्था छ ।’

अध्यक्ष ओलीले भने, ‘जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ । त्यसमा कुनै समस्या छैन । तर, शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्छ । अझै त्यो स्थिति बनिसकेको छैन ।’

अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ कुनैपनि हिसाबले निर्वाचनको इपिसेन्टर नरहेको बताए । ओलीले भनेका छन्, ‘के को इपिसेन्टर हुन्छ ? वाइयात कुरा ।’

ओली हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल आइपुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा–५ बाट उम्मेदवार बन्दैछन् ।

ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा आउँदैछन् ।

त्यस्तै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री रहेका ओलीलाई स्थानहद लगाइएको थियो । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँबुझ समितिको सिफारिसमा उनीमाथि स्थान तोकिएको थियो ।

समितिले उनीसँग बयान लिएसँगै ओलीविरुद्धको स्थानहद पनि फुकुवाइ भइसकेको छ । स्थानहद भएसँगै उनी सार्वजनिक कार्यक्रमका लागि बाह्य जिल्ला जान थालेका छन् । ओली जेनजी आन्दोलनपछि पहिलोपटक गृहजिल्ला झापा आइपुगेका हुन् ।

Published : Monday, 2026 January 19, 2:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया