कांग्रेसको रिट निवेदन दर्ता, माघ ६ गते पेशी, न्याय पाउनेमा लाखौं नेता तथा कार्यकर्ताहरू आशावादी
काठमाडौं । नेपाली कांग्रेसको रिट निवेदन दर्ता गर्दै सर्वोच्च अदालत, प्रशासनले माघ ६ गतेका लागि पेशी तोकेको छ ।
आइतबार कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा सर्वोच्च अदालत पुगेका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहितका अधिवक्ताहरूले निर्वाचन आयोगको निर्णयविरुद्ध खारेजीको मागसहित रिट निवेदन दिएका हुन् ।
सर्वोच्च अदालत प्रशासनले रिटको पेसी यही माघ ६ गतेका लागि तोकेको छ । भोलि सोमबार सार्वजनिक विदा परेपछि माघ ६ गतेलाई पेशी तोकिएको छ । कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले रिट निवेदन दर्ता भएको छ माघ ६ गते पेशी चढेर सुनुवाई हुने बताए । उनले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने बताए ।
निर्वाचन आयोगको संविधान विपरीतको निर्णयविरुद्ध सर्वोच्च अदालतबाट न्याय पाउने आशा देशभरिका लाखौं नेता तथा कार्यकर्ताहरूले लिएको नेता विश्वकर्माले बताएका छन् । उनले न्यायालयबाट आफूहरूले न्याय पाउने विश्वास गरेका छन् ।
रिटको पेसी आजै तोक्नका लागि आग्रह गरेको भएपनि सर्वोच्च अदालत प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएको छ ।
निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति खड्कालगायतका नेताले रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरेका थिए ।
सर्वोच्च अदालत प्रशासनले नियमावलीको व्यवस्था कारण पेशी र सुनुवाई आजै सम्भव नहुने जवाफ दिएको छ ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा समूहलाई दिएपछि कांग्रेसका कार्यबाहक सभापति खड्कासहितको कार्यसमिति न्यायका लागि रिट निवेदन लिएर सर्वोच्च अदालत आएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया