निर्वाचन आयोगविरुद्ध आइतबार कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूद्वारा प्रदर्शन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले निर्वाचन आयोगको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गर्न लागेका छन् ।
आइतबार बिहान १० बजे काठमाडौंको माइतीघर मण्डलामा निर्वाचन आयोगको असंवैधानिक र अबैधानिक निर्णयविरुद्ध खबरदारी कार्यक्रम गर्न लागेको नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताए ।
शुक्रबार विधि, विधान, आफ्नै नजिक, संविधान, ऐन, कानून विपरीत निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको आधिकारिकता दिएपछि नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले संयुक्त रुपमा प्रदर्शन गर्न लागेका छन् ।
नेपाली कांग्रेसले पनि निर्वाचन आयोगको असंवैधानिक निर्णयविरुद्ध न्यायका लागि आइतबार सर्वोच्च अदालतमा निवेदन लिएर जान लागेको छ ।
Published : Saturday, 2026 January 17, 11:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया