सभापति देउवासँग गगन–विश्वहरूले भेट गरेका छैनन् : निजी सचिवालय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरेको समूहले भेट गरेको भनेर सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा भ्रामक सूचनाहरू प्रकाशित भएपछि निजी सचिवालयले आपत्ति जनाएको छ ।

शनिबार साँझ रिपब्लिका दैनिकसँगको कुराकानीमा निजी सचिलालयले सभापति देउवाले अर्को दलका कुनै पनि नेताहरूसँग भेट नगरेको जनाएको छ ।

गगन थापा, विश्वप्रकाश शर्मा र गुरुराज घिमिरेद्वारा सभापति देउवालाई भेट गरेको भन्ने समाचार तथा सूचनाहरू भ्रामक रहेको सचिवालयले जनाएको हो ।

सभापति देउवाले भेट्दै नभेटेको र गर्दै नगरेका विषयहरूलाई सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा प्रकाशित गरेर भ्रम नफैलाउन सचिवालयले अनुरोध गरेको छ । समाचार वा सूचना प्रकाशित गर्दा सत्य तथ्य विषयहरू बुझेर प्रकाशित गर्न निजी सचिवालयले आग्रह गरेको छ ।

निर्वाचन आयोगले नेपाली कांग्रेसलाई हाइज्याकरहरूको पोल्टामा पारिदिएपछि केही समूह र तत्वले नेता तथा कार्यकर्ताहरूमा भ्रम फैलाउन विभिन्न फण्डा गरिरहेका छन् ।

Published : Saturday, 2026 January 17, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया