कारबाहीमा परेका पदाधिकारी तथा नेताहरूको पद कांग्रेसद्वारा फिर्ता

काठमाडौं । नेपाली कांग्रेसले विगतमा पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको जनाएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय, सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सर्कूलरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको बताएका छन् ।

कारबाही माफी÷मिनाहा भएका व्यक्तिहरूको पार्टीको बहाल रहेको पद यथावत् कायम रहने गरी क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने गरी संशोधन भएको छ ।

कांग्रेसले कारबाही फुकुवा गरे पनि बहाल रहेको पदमा फर्किन दिएको थिएन । परिपत्रसँगै कारबाहीमा परेका ती पदाधिकारी तथा नेताहरूको पद फर्किएको छ ।

Published : Saturday, 2026 January 17, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया