ड्रेस टु इम्प्रेसमा उत्कृष्ट डिजाइनरसहित विजेताहरू घोषित
काठमाडौं । फेसन डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ सिजन–१२ मा ४ डिजाइनर उत्कृष्ट घोषित भएका छन् ।
११९ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिएका थिए । आईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले आयोजना गरेको उक्त प्रतिस्पर्धात्मक प्रतियोगितामा आयोजकले डिजाइनरहरूलाई ‘डेनिम फिचर’, ‘ग्ल्याम इन प्याच’, ‘एक्जोटिक फौना’ र ‘इकोज अफ टाइम’ गरेर ४ वटा थिम दिइएको थियो । जसमा डेनिम फिचरतर्फ रेजिना श्रेष्ठ, ग्ल्याम इन प्याचतर्फ प्रतीक गुरुङ, एक्जोटिक फौनातर्फ इमायुङ राई र इकोज अफ टाइमतर्फ युयान वाङ (सेलिना शाही) विजेता बने ।
बिहीबार साँझ काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतिस्पर्धामा सामाजिक सञ्जालमा भएको प्रतिस्पर्धा अनुसार विजेता समेत छानिएको छ । आई आई एफ टी मोस्ट लाइक्ड लेजेन्ड अवार्ड नीलम दास, आई आई एफ टी स्ट्रोमस सेयरड च्याम्पियन अवार्ड आयुषा श्रेष्ठ, आई आई एफ टी पब्लिक च्वाइस अवार्ड प्रमिला श्रेष्ठले हात पार्न सफल भए ।
नेपालका चर्चित फेसन डिजाइनरहरू सहितको ६ निर्णायक महेश महर्जन, मुक्ता श्रेष्ठ, निशा श्रेष्ठ, मनीष राई, अन्चु पाण्डे, अंकित माइती रहेका थिए ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया