कांग्रेस खोस्ने निर्वाचन आयोगको निर्णयविरुद्ध खड्काको कडा टिप्पणी, वैधानिक र राजनीतिक लडाइँमा जाने
काठमाडौं । निर्वाचन आयोगको निर्णयबारे नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कडा प्रतिक्रिया दिँदै वैधानिक, कानूनी र राजनीतिक लडाइँ लड्ने चेतावनी दिएका छन् ।
शुक्रबार निर्वाचन आयोग, कान्तिपथ बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामीले जे आशंका गरेका थियौं त्यो आशंका अनुसारको निर्णय आएको छ ।’
‘निर्वाचन आयोगले योभन्दा अगाडिका दलका विवादहरूको निर्णयको स्थापित नजिरको विपरीत आएको छ,’ खड्काले भने, ‘सम्पूर्ण रुपमा यो निर्णयलाई नेपाली कांग्रेसले खारेज गर्छ । हाम्रो लागि यो निर्णय अमान्य छ ।’
कार्यबाहक सभापति खड्काले भने, ‘हामी राजनीतिक वैधानिक सबै खाले लडाइँ लड्छौं । तपाई अदालत जानु हुन्छ ? वैधानिक, राजनीतिक सबै लडाइँ लड्छौं । यसको हाम्रो के के स्वरुप हुन्छ केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गर्छौं ।’
‘यो निर्णय धेरै समय अगाडिदेखिको सुन्दै आउनुभएको छ । सेटिङ भएको छ, यो भएको छ, त्यो भएको छ भनिएका छन्,’ उनले भने ।
‘एकपक्षले दाबी गरेको बारेमा मूल नेपाली कांग्रेस १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेस जुन नेपाली कांग्रेस आज पनि अहिले पनि केन्द्रीय कार्यसमिति छ,’ उनले भने ।
‘पार्टीको विधानअनुसार जेठ मसान्तसम्म म्याद थप गरेका छौँ,’ खड्काले भने, ‘निर्वाचन आयोगले आधिकारिक कानूनी रुपमा एक पटक संस्थापन पक्ष नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति एकपटक पनि नबोलाइकन, अहिलेसम्मको निर्वाचन आयोगको निर्णय पूर्णता खिलापमा छ । प्रक्रियागत रुपमा पनि त्रुटिपूर्ण छ । कानूनी रुपमा षड्यन्त्रपूर्ण छ ।’
‘वैधानिक रुपमा षड्यन्त्रपूर्ण छ । नेपाली कांग्रेसको विधान नियमावलीको सर्वथा निर्णय विपरीत आएको छ । यो निर्णय नेपाली कांग्रेसले खारेज गर्दछ,’ उनले भने, ‘अमान्य छ । यो निर्णयका विरुद्ध वैधानिक, कानूनी, राजनीतिक सबै खालका प्रतिवादमा रहन्छौं । त्यसका लागि हाम्रो बैठक बसेर विस्तृत कार्ययोजनाहरू सार्वजनिक गर्छौं ।’
निर्वाचन आयोगले कांग्रेस विभाजनसम्बन्धी विवादमा गगन थापा नेतृत्वको दललाई आधिकारिता दिँदै चुनाव चिन्ह रुख र चार तारे झण्डा प्रदान गरेपछि नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया