कांग्रेसले बहुमत ल्याउँछ, निर्वाचन फागुन २१ मै हुन्छ : कार्यबाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ मै चुनाव हुने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय, सानेपामा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूसहितको संयुक्त पत्रकार सम्मेलनमा खड्काले चुनाव हुने र पार्टीले बहुमत ल्याउने बताए ।

कार्यबाहक सभापति खड्को भने, ‘चुनाव हुन्छ, हुन्छ । कांग्रेसले बहुमत ल्याउँछ ।’

उनले आयोगले संविधान कानून, पार्टी विधान र नियमावलीविपरीत निर्णय गरेमा मुलुकभर आन्दोलन गर्ने चेतावनी दिए । खड्काले संविधान र कानूनविपरीत निर्णय भएमा आफूहरूले देशभर आन्दोलन गर्ने बताए । उनले आवश्यक पर्दा आन्दोलनका लागि तयारी अवस्थामा रहने देशभरिका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘निर्वाचन आयोगले संविधान, कानून, पार्टी विधान र नियमावली विपरीत निर्णय गरेमा कांग्रेसले देशभर आन्दोलन गर्छ ।’

निर्वाचन आयोगले त्यो गर्दैन भन्ने विश्वास आफूलाई रहेको खड्काले बताएका छन् । बाहिर आएका चर्चा बहसले त्यस्तो काम भयो भने कांग्रेसले देशभर आन्दोलनमा जाने कार्यबाहक सभापति खड्काको चेतावनी छ ।

उनले विधि र विधानविपरीत आयोगले निर्णय गरेमा देशभर आन्दोलन गर्न तयार भएर बस्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘हामीमाथि हुने गलत निर्णयविरुद्ध पार्टीले आवश्यक परेको बेला बोलाउँछ,’ खड्काले भने, ‘त्यो बेला उपस्थित हुन तम्तयार रहन पार्टी नेता तथा कार्यकर्ता र शुभचिन्तक सबैलाई आग्रह गर्दछु ।’

कार्यबाहक सभापति खड्काले केन्द्रदेखि वडासम्म चार तारे झण्डा र रूख अंकित झण्डासहित आन्दोलन गरिने बताए । उनले भने, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने तर, बोलाउन सक्ने व्यवस्था छैन, केन्द्रीय समितिले मात्र विशेष महाधिवेशन र कार्यविधि बनाउन सक्छ ।’

Published : Friday, 2026 January 16, 3:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया