कांग्रेसको आधिकारिकता विवाद विधिसम्मत निर्णय हुन्छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता विवादको सन्दर्भमा आयोगले विधिसम्मत निर्णय दिने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको कागजपत्र बुझ्दै भण्डारीले कांग्रेसको विवादलाई विधिसम्मत निर्णय दिने बताए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘निर्वाचन आयोगले संविधान, ऐन, कानूनको परिधिमा रहेर विश्लेषण गर्छ । विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन ।’

‘निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईंहरू सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ,’ भण्डारीले भने ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कांग्रेसको वैधानिकतामा कुनै विवाद नरहेको र विशेष महाधिवेशन भनेर गरिएका गतिविधिलाई कांग्रेसले नचिन्ने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

Published : Friday, 2026 January 16, 2:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया