प्रहरी श्रीमती संघद्वारा पोखरियाका अति विपन्न परिवारलाई न्यानो कपडा वितरण

वीरगञ्ज । नेपाल प्रहरी श्रीमती संघले पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ४ पोखरियाका अति विपन्न दलित र अन्य समुदायका परिवारहरूलाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ ।

शीतलहरबाट प्रभावित विपन्न दलित तथा अन्य समुदायका गरि १ सय ८४ जना परिवारलाई न्यानो कपडा वितरण गरिएको संघले जनाएको छ ।

न्यानो कपडा वितरण आईजीपी दानबहादुर कार्की र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना खत्री कार्कीले गरेका हुन् ।

कार्यक्रमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी गोविन्द थपलिया, नेपाल प्रहरी श्रीमती संघकी सचिव (प्रशासन) वरुणा बडाल थपलिया, पोखरिया नगरपालिका नगरप्रमुख प्रधुमनप्रसाद चौहान, जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्षक सुदीपराज पाठक लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2026 January 15, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया