गगन–विश्व समूहलाई छिर्न नदिन कांग्रेस केन्द्रीय कार्यालयलाई निरन्तर सुरक्षा प्रदान
काठमाडौं । गगन थापा, विश्वप्रकाश शर्मालगायतका मतियारहरूले नेपाली कांग्रेस विभाजन गरेपछि पार्टी केन्द्रीय कार्यालयको सुरक्षाका लागि नेता, कार्यकर्ताहरू खटिएका छन् ।
अबसरवादीहरूको चंगुलबाट बचाउन कांग्रेसका केन्द्रीय सदस्य, नेपाल तरुण दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको छ । बिहीबार पनि कांग्रेसका नेता तथा कार्यकर्ताहरूले केन्द्रीय कार्यालयको सुरक्षा दिएका छन् ।
पार्टी विभाजन गर्ने मतियारहरूले कांग्रेस केन्द्रीय कार्यालय, सानेपालाई कब्जा गर्न नदिन तरुणहरूले सुरक्षा दिएका हुन् । कांग्रेसका नेता, कार्यकर्ता, महिला, विद्यार्थी, तरुणहरूले निरन्तर एकहप्तादेखि सुरक्षा दिइरहेका छन् । उनीहरू केन्द्रीय कार्यालयमै सुत्ने गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, बाग्मती प्रदेश कांग्रेसका महामन्त्री राजु श्रेष्ठ लगायतका तरुणहरूको उपस्थिति रहेको छ ।
तरुणहरूले केन्द्रीय कार्यालय, सानेपाको निरन्तर सुरक्षा प्रदान गरेपछि गगन थापा र विश्वप्रकाश शर्मा समूहको नयाँ दलले ललितपुरको कुपण्डोलस्थित पार्टी प्यालेसमा पहिलो बैठक राखेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया