नेपाल प्रहरी श्रीमती संघद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

मनरासिस्वा । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना खत्री कार्कीले महोत्तरीको मुसहर बस्तीका अति विपन्न परिवारका सदस्यहरूलाई कम्बल वितरण गरेकी छिन् ।

बुधबार अध्यक्ष कार्कीले महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नं. ९ स्थित मुहसहरी बस्तीका अल्पसंख्यक तथा विपन्न समुदायका ९६ घर परिवारलाई थान २ (दुई) का दरले १ सय ९२ थान न्यानो कपडा (कम्लब) वितरण गरेकी हुन् ।

कार्यक्रममा मनरासिस्वा नगरपालिकाका नगर प्रमुख मोहन पाण्डे, मनरासिस्वा नगरपालिकाका नगर उप–प्रमुख शकुन्तला देवी, नेपाल प्रहरी श्रीमती संघका सचिव (प्रशासन) तथा मधेश प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष बरुणा बडाल थपलियाज्यू, सहसचिव (कार्यक्रम) मञ्जु शर्मा, मधेश प्रदेश कार्यालय जनकपुरधाम धनुषाका प्रहरी उपरीक्षक भेषराज रिजाल लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2026 January 14, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया