अनुशासनहीन कार्य गर्दै पार्टी फुटाउने गगन–विश्व र मन्सुरलाई कांग्रेसद्वारा कारबाही
काठमाडौं । नेपाली कांग्रेसले अनुशासनहीन र अराजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा र शर्मा तथा सहमहमन्त्री फर्मुल्लाह मन्सुरलाई ५ वर्षका लागि कारबाही गरेको केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताए । कांग्रेसले अबैधानिक विशेष महाधिवेशनको पक्षमा लागेका अन्य नेताहरूलाई आ–आफ्नो भूमिकामा फर्किन आग्रह गरेको छ ।
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै थापा र शर्मा तथा मन्सुरमाथि कारबाही गरिएको कांग्रेसले जनाएको छ ।
पार्टी विभाजनबाट रोक्न सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग बिहान छलफल गरेर मागहरू पूरा गर्न लचकता देखाएका थिए । तर, थापा र शर्माले धोका दिएर हिँडेका थिए ।
बिचार/ब्लग
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया