सभापति देउवा निकै लचक हुँदाहुँद गगन–विश्वले धोका दिए : कार्यबाहक सभापति खड्का
काठमाडौं । सभापति शेरबहादुर देउवाले पार्टी विभाजन हुन नदिन अधिकतम लचकता अपनाएका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धोका दिएको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन् ।
बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै खड्काले महामन्त्रीद्वय थापा र शर्माले धोका दिएको बताए । उनले यसअघि पुसमा पार्टीको नियमित महाधिवेशन ल्याउने विषयमा महामन्त्रीहरूसँग सल्लाह गरेर ल्याएको र उक्त समयमा कामकारबाही नभ्याएको बताए ।
कार्यबाहक सभापति खड्काले भने, ‘पुसमा नियमित महाधिवेशन गर्नेबारे मैले महामन्त्रीहरूसँग सल्लाह गरेकै हो । सल्लाहअनुसार नै तालिका ल्याउँदा, कामकारबाही गर्दागर्दै भ्याइएन ।’
उनले भने, ‘महामन्त्रीहरूले केही सल्लाह नै नगरेको जसरी धोका दिनुभयो । उहाँहरू कामकारबाही हुन नसक्नुमा आफ्नो केही दोष हैन जसरी विशेष महाधिवेशनमा लाग्नु भयो । पार्टीलाई विभाजनमा धकेल्ने गरी जानुभयो ।’
खड्काले पार्टी विभाजनमा धकेलिएको बताएका छन् । ‘अब पार्टी फुटमा जाने करिब निश्चित छ,’ खड्काले बैठकमा भने, ‘महामन्त्रीहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा, सभापतिको राजनीतिक सन्यास र निर्वाचन हाइकमान्ड बनाउने प्रस्ताव गर्नु भएको हो । यसमा केही विषय मिल्नै नसक्ने खालका भए ।’
सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्माले राखेका मागलाई अधिकतम लचकता अपनाएका थिए । देउवाले टिकटमा हस्ताक्षर गर्ने अधिकार कटौती गर्न पनि तयार भएका थिए । भृकुटीमण्डप भेलाको अपनत्व लिने लगायतका विषयमा सभापति देउवाले सहमति जनाएका थिए । तैपनि महामन्त्रीद्वय थापा र शर्माले गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेर जानुपर्ने माग पनि राखेका थिए ।
महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवालाई आगामी चुनाव लड्न नपाउने, प्रधानमन्त्री बन्न नपाउने, कांग्रेसको राजनीतिबाट निस्क्रिय बन्नुपर्ने लगायतका माग राखेका थिए । सभापति देउवाले आफू अपमानित हुने गरेर आएका थापा र शर्माको प्रस्तावमा पार्टी विभाजन नहुने सर्तमा पूरा गर्न तयार भएका थिए ।
तैपनि महामन्त्रीद्वय थापा र शर्माले धोका दिएर कांग्रेसलाई विभाजन गर्नतिर लगेका छन् । थापा र शर्माले होइन अपमान र त्याग सभापति देउवाले गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया